• Tel: (९७७) ५५९०८००, / ५५९०८०१ / ५५९०२५४
  • info@vsdta.gov.np
  • भैसेपाटी, ललितपुर
८ वैशाख २०८१, शनिवार

परिचय

परिचय

संक्षिप्त परिचय

पृष्ठभूमी :

नेपालमा वि.सं. १९९३सालमा विराटनगर जुटमिल स्थापना भए पश्चात दक्ष श्रमिक आपूर्तिको आवश्यकता महशुस हुँदै आएको देखिन्छ । वि.सं.२०१३ सालमा योजनावद्ध विकासको थालनी भएपछि विसं २०१६ सालमा विराटनगरमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गरी तालिम दिइदक्ष जनशक्ति उत्पादन गर्न थालनी भएकोपाइन्छ । वि.सं.२०३३ सालमा हटौँडामा श्रमिक आपूर्ति केन्द्र र वि.सं.२०३४ सालमा केश कर्तन तालिम केन्द्रको स्थापना पश्चात सरकारी निकायबाट संस्थागतरूपमा व्यावसायिक तथा सीप विकास तालिमहरू क्रमश नियमितरूपमा सञ्चालन हुँदै आएको छ ।

श्रम बजारको माग अनुरूप दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न, उद्यमशिलता विकास मार्फत उत्पादन र उत्पादकत्वमा अभिबृद्दि गर्न तत्कालमा विभिन्न नाममा सञ्चालित तालिम कार्यक्रम तथा निकायलाई एकीकृत गरी केन्द्रीय तालिम प्रदायक निकायको रुपमा आर्थिक वर्ष २०६१।०६२ माविभाग स्तरीय कार्यालयको रूपमाव्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैसेपाटी स्थापना भएको हो । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार वि.सं. २०७५ सालमा उक्त तालिम केन्द्रको नाम परिवर्तन भईव्यवसायिक तथा सीपविकास तालिम प्रतिष्ठान भैसेपाटी कायम भएको छ ।साविकमा व्यवसायिक तथा सीपविकास तालिम केन्द्र भैंसेपाटी र अन्तरर्गत देशका विभिन्न जिल्लामारहेका १५ वटा तालिम केन्द्रहरु समेत रहेकोमा मुलुकमा नयाँ संविधान जारी भई संघियता लागु भए पश्चातनेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार १३ वटा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरु सम्वन्धित प्रदेश सरकारमा हस्तान्तरण भई हाल तत्/तत् प्रदेश सरकार मार्फत सञ्चालित छन् ।सुनसरीको ईटहरी र रूपन्देहीको वुटवल स्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरू श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतव्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानकै रूपमा सञ्चालित छन् ।नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५।०६।१२ गतेको निर्णयानुसार व्यवसायिक तथा सिप विकास तालिम प्रतिष्ठान भैंसेपाटीको कार्यकारी निर्देशक नेपाल सरकारकोसहसचिव रहने गरी नयाँ संगठानात्मक र संरचनात्मक परिमार्जन गरिएको छ । यस प्रतिष्ठानमा हाल २१ जनाको स्थायी दरबन्दी रहेको छ ।

यस प्रतिष्ठानको दिर्घकालिन सोंच, लक्ष्य,रणनीति र उद्देश्य देहाय बमोजिम रहेको छ :

दीर्घकालीन सोच:
श्रम बजारको माग र आवश्यकता अनुरूप दक्ष,सीपयुक्त, प्रतिष्पर्धी र उद्यमशील जनशक्ति विकास गरी रोजगारीका अवसर सिर्जना मार्फतगरिवी निवारणमा योगदान पुर्याउने ।

लक्ष्य:
श्रमयोग्य जनशक्तिको लागिब्यावसायिक तथा सीप विकास तालिम मार्फत रोजगारीको अवसर सृजना गरी नागरिकको आयस्तरमा सुधार गर्ने ।

रणनीति:

  • श्रम बजारको माग र आपुर्तीlको विश्लेषण तथा मुल्यांकन गरी व्यसायिक सीप विकासको मापदण्ड तथा पाठ्यक्रम तर्जुमा गरी सिपमुलक तथा उद्यमशिलता विकास तालिम कार्यक्रम सञ्चालन, विस्तार तथा सुधार गर्दै जाने
  • आन्तरिक श्रम बजारको माग र आवश्यकता अनुरूप दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्ने
  • अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्नसक्ने सीपयुक्त श्रम शक्तिको उत्पादन गर्ने ।
  • व्यावसायिक तथा सिपविकास तालिममा लक्षित समूहको सहज पहुँच स्थापना गर्ने
  • अभिमुखीकरण तालिम मार्फत वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूकोवैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र प्रतिफलयुक्त बनाउन तथाउनीहरूले पठाउने विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न प्रोत्साहन गर्ने।

उद्देश्य:

  • स्वदेशमा नै मर्यादित रोजगारका अवसरहरू सृजनाद्वारा बेरोजगारी न्यूनिकरण गर्दै संविधानले प्रत्याभूत गरेको रोजगारीको हकलाई सुनिश्चित गर्न विभिन्न विषयका ट्रेडहरुमा व्यावसायिक तथा सीपयुक्त तालिमहरु सञ्चालन गर्ने गराउने।
  • सरकारले गरेको श्रम सम्झौता बमोजिम वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन अभिमुखिकरण तालिम सञ्चालन गर्ने ।
  • स्थानीय माग आवश्यकता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारी सृजनाको संभावनालाई ध्यानमा राखी आधारभूत सीपमूलक तालिम, सीप अभिवृद्धि, उद्यमशिलता विकास, प्रशिक्षक प्रशिक्षण तथा पुनर्ताजकी र अभिमुखीकरण तालिम सञ्चालन गर्ने ।
  • तालिम आवश्यकताको पहिचान र प्रभाव मूल्यांकन गर्ने ।
  • आवश्यकताको आधारमा तालिम पाठ्यक्रमको परिमार्जन वा पुनःनिर्माण तथा नयाँ विषयको ट्रेडको पाठयक्रम निर्माण गर्ने ।
  • रोजगारमूलक सीपयुक्त तालिम पाठ्यक्रम स्वीकृत गर्ने ।
  • प्रतिष्ठानले सञ्चालन गर्ने सीप विकास तालिमहरु
प्रतिष्ठानले स्थानीय माग आवश्यकता राष्ट्रिय तथा अन्तरराष्ट्रिय श्रम बजारमा रोजगारी सृजनाको संभावना लगायतको विषयलाई ध्यानमा राखी निम्नअनुसारका तालिम कार्यक्रमहरु संचालन गर्दछ ।


प्रतिष्ठानले सञ्चालन गर्ने सीप विकास तालिमहरू :

क आधारभूत सीपमूलक(Basic) तालिमः
पाठ्यक्रमले तोकेको योग्यता पुरा गरेका प्रशिक्षार्थीहरुलाई स्वीकृत पाठ्यक्रमका आधारमा विषयगत रुपमा प्रयोगात्मक र सैद्धान्तिक दुवै विधिबाट कम्तिमा १६० घण्टाहुने गरी तालिम प्रदान गरिन्छ ।यस तालिम पश्चात स्वरोजगार हुन सक्ने सम्बन्धित विषयको अर्धदक्ष जनशक्ति उत्पादन हुने छ।

ख सीप अभिवृद्धि (Advanced)तालिमः
आधारभूत सीपमूलक तालिम लिएको वा कुनै पेशा वा व्यवसाय गरिरहेको वा परम्परागत सीप अनुसारको व्यवसाय गरिरहेको व्यक्तिलाई सोही विषयमा पेशागत दक्षता अभिवृद्धि गर्न निर्धारित पाठ्यक्रममा आधारित भई सीप अभिवृद्धि गर्न कम्तिमा १९० घण्टाको हुने गरी तालिम प्रदान गरिन्छ । यस तालिम पश्चात सम्बन्धित विषयमा स्वरोजगार हुन सके दक्ष जनशक्ति उत्पादन हुने छ ।

ग उद्यमशिलता विकास(Entrepreneurship  Development) तालिमः यस प्रकारको तालिम आधारभूत सीपमूलक तालिम वा सीप अभिवृद्धि तालिमको अन्त्यमा प्रशिक्षार्थीहरुलाई उद्यमी बन्न वा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न स्वीकृत पाठयक्रम बमोजिम प्रदान गरिन्छ ।
 

प्रशिक्षक प्रशिक्षण (ToT)
प्रतिष्ठानले वैदेशिक रोजगार विभागको माग बमोजिम दुई पक्षीय श्रम सम्झौता (020) बमोजिम स्वीकृत भएको पाठयक्रम र मापदण्डमा आधारित भई वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई जानु अगाडि अभिमुखीकरण गर्ने गरिन्छ ।

ङ पुर्व प्रस्थान अभिमुखिकरण (PDOT):

यस प्रकारको तालिम नीजिक्षेत्रसँग साझेदारीमा सञ्चालन गर्नेगरी तयार पारिएको हो । यो विशेष गरी उद्योगहरुले आफ्नो कार्यस्थलमा नै प्रशिक्षार्थी कामदारहरु
छनोट गरी रोजगारीको ग्यारेन्टी गर्ने सर्तमा दिइने न्यूनतम एक महिना सञ्चालन गर्नुपर्ने तालिम हो ।आ व २०७०५/०७९मा धागो, जुत्ता, गार्मेन्ट, अटोमोवाइल, इलेक्ट्रिकल, निर्माण क्षेत्र, होटल तथा पर्यटन, स्काफोल्डिङ, सेक्युरिटी गार्ड, सरसफाइकर्मी का क्षेत्रमा तालिम दिन सकिने गरी कार्यक्रम स्वीकृत भएको छ।

च कार्यस्थलमा आधारित (Apprenticeship) तालिम :
व्यावसायिक तथा सिपविकास तालिमको उद्देश्य तालिम पश्चात प्रशिक्षार्थीलाई रोजगारी सिर्जना गर्नु हो । श्रम बजारको माग अनुरूप तालिम दिइदैं आएता पनि तालिम पश्चात सबै प्रशिक्षार्थीहरू सिप अनुरूपको रोजगारीमा संलग्न भएको पाइदैन ।त्यसैले तालिम पश्चात रोजगारीको सुनिश्चतता गर्न तथा रोजगारदाताको माग र आवश्यकता अनुरूप दक्ष कामदार स्वदेशमै सहजरूपमा प्राप्त गर्न यस प्रतिष्ठान र सम्बन्धित उद्योग प्रतिष्ठानको लागत साझेदारीमा उद्योग प्रतिष्ठानमै सञ्चालन गरिने तालिमलाई कार्यस्थलमा आधारित (Apprenticeship) तालिम भनिन्छ ।नेपाल सरकारबाट स्वीकृत भई आएमा प्रतिष्ठानले यस प्रकारको तालिम समेत सञ्चालन गर्ने गर्दछ ।

. तालिम आवश्यकता पहिचान तथा तालिम प्रभावकारिता अध्ययन :
यस प्रतिष्ठानले प्रविधिको विकास, बजारको माग र आवश्यकतालाई मध्यनजर गरी उपयुक्त विषय (Trade)  को पहिचान र छनौट गर्न स्वीकृत कार्यक्रम अनुसार तालिम आवश्यकता पहिचान सम्बन्धमा अध्ययन (TNA) गर्ने गर्दछ । साथै यस प्रतिष्ठानबाट सञ्चालित तालिम कार्यक्रमहरूको प्रभावकारिता कस्तो रह्यो ? तालिम पश्चात प्रशिक्षार्थीहरुले सीप अनुरूपको रोजगारी प्राप्त गर्न सके सकेनन् ? रोजगारी प्राप्त गर्न के कस्ता कठिनाई पर्यो ? रोजगारीको सुनिश्चितता गर्न आगामी दिनमा तालिम कार्यक्रममा के कस्तो सुधार आवश्यक छ ? लगायतका विषयमा पृष्ठपोषण तथा प्रतिवेदन गर्न तालिम प्रभावकारिता अध्ययन (TIA)गर्ने गरिन्छ ।

ज.प्रशिक्षार्थीको योग्यता छनौट, प्रशिक्षण विधि:

१. प्रशिक्षार्थी हुनुपर्ने आवश्यक योग्यता :
क. नेपाली नागरिक,
ख. १८ वर्ष पुरा भई ४५ वर्ष उमेर ननाघेको,
ग. पाठ्यक्रममा तोकिए बमोजिमको शैक्षिक योग्यता भएको,
घ. तालिम सम्बन्धी सूचनामा तोकिएका अन्य योग्यता भएको ।

२. प्रशिक्षार्थी छनौट प्रक्रिया : तालिमको लागि प्रकाशित सूचना अनुसार पेश हुने आवेदनहरू उपर प्रशिक्षार्थी छनौट समितिद्वारा प्रशिक्षार्थी छनौटका आधारमाअन्तरवार्ता लिइ प्रशिक्षार्थी छनौट गरिन्छ:

. प्रशिक्षण विधि :
क. सैद्दान्तिक ज्ञानको लागि व्याख्यान विधि(२०%),
ख. व्यबहारिक ज्ञानको लागि प्रयोगात्मक विधि(८०%),
ग. तालिमको विषय र प्रयोजन हेरी स्थलगत अवलोकन,
घ. नमुना उत्पादन ।
ङ. प्रशिक्षार्थी प्रशिक्षक अनुपात :  सैद्दान्तिक विषयमा २०:१ प्रयोगात्मक विषयमा १०:१
च. तालिममा सहभागी प्रशिक्षार्थी न्यूनतम ८० प्रतिशत रूजु हाजिर हुनुपर्नेछ ।
छ.  सबै सीपमुलक तालिमको समय दैनिक ६ घण्टाको हुनेछ ।
ज. तालिम सम्पन्न भए पछि निर्धारित ढाँचामा प्रशिक्षार्थीहरूलाई तालिम सम्पन्नताको प्रमाणपत्र दिइनेछ ।
झ. तालिम सम्पन्न भए पछि विषय हेरी सीप परिक्षणको लागि सम्बन्धित निकायमा समन्वय गरिनेछ ।

. तालिमका संभाव्य क्षेत्रहरू
१. कृषि क्षेत्र२. सेवा क्षेत्र३. कला क्षेत्र४. पर्यटन क्षेत्र५. होजियरी तथा तयारी पोशाक६. खाद्य सामग्री प्रशोधन७. निर्माण क्षेत्र८. अन्य क्षेत्र

. तालिमका प्रकारहरू :
क. बजारको संभाव्यता अध्ययन तथा तालिमको आवश्यकता पहिचानद्वारा छनौट भएका विभिन्न विषय (Trade) का आधारभुत (Basic) तथा सीप अभिबृद्दि(Advanced) तालिम, उद्यमशिलता विकास तालिम (EDP) कार्यस्थलमा आधारित तालिम, प्रशिक्षक प्रशिक्षण (ToT) पुर्व प्रस्थान अभिमुखिकरण तालिम (PDOT)आदि ।उपर्युक्त तालिमहरू मध्ये केहि तालिमहरू प्रतिष्ठानको आफ्नै प्रतक्ष्य व्यवस्थापनमा र केहि तालिमहरू अन्य तालिम प्रदायक संस्थाहरू मार्फत सञ्चालन हुने गर्दछन ।

. प्रतिष्ठानबाट सम्पादन हुने अन्य कार्यहरू:

१. पाठ्यक्रम निर्माण२. तालिम आवश्यकता पहिचान ३. तालिम प्रभावकारिता अध्ययन ४. व्यावसायिक तथा सीप विकास तालिम सम्बन्धमा प्रचार प्रसार आदि ।

ठ. प्रतिष्ठानबाट आ.व.२०७७/७८ सम्म तालिम प्राप्त गर्नेहरुको विवरण


आ.व.

महिला

पुरुष

जम्मा

स्थापना काल देखि २०५३/०५४ सम्म

१६५०७

23136

39643

२०५४/०५५

२२७८

2987

5265

२०५५/०५६

२२३८

2980

5218

२०५६/०५७

२६३९

3118

5757

२०५७/०५८

२५९६

3239

5835

२०५८/०५९

३४७१

3887

7358

२०५९/०६०

२०४४

2489

4533

२०६०/०६१

२०४०

2493

4533

२०६१/०६२

२२६५

4343

6608

२०६२/०६३

३४३२

3633

7065

२०६३/०६४

७४५७

6596

14053

२०६४/०६५

९७१६

6432

16148

२०६५/०६६

१२७०२

9039

21741

२०६६/०६७

13305

9257

22562

२०६७/०६८

12530

9600

22130

२०६८/०६९

8045

8507

16552

२०६९/०७०

7586

7521

15107

२०७०/0७१

8278

9050

17328

२०७१/०७२

7750

8129

15879

२०७२/०७३

6947

10546

17493

२०७३/०७४

9३77

10689

20066

२०७४/०७५

10018

9671

19689

२०७५/०७६

168

178

346

२०७६/०७७

534

653

1187

२०७७/०७८

117

446

563

जम्मा

15440

158619

312659