• Tel: (९७७) ५५९०८००, / ५५९०८०१ / ५५९०२५४
  • info@vsdta.gov.np
  • भैसेपाटी, ललितपुर
१५ चैत २०८०, बिहिवार

हाम्रो बारेमा

हाम्रो बारेमा

संक्षिप्त परिचय

पृष्ठभूमी :

वि.सं. १९९३ मा विराटनगरमा जुटमिल स्थापना भए पश्चात श्रमिक आपूर्तिको आवश्यकता महशुस हुँदै गइरहेको थियो । २०१३ सालमा योजनावद्ध विकासको थालनी भएपश्चात २०१६ सालमा विराटनगरमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गरी अर्ददक्ष जनशक्ति उत्पादन गर्ने कार्यको शुरूवात भएको पाइन्छ । २०३३ सालमा हटौँडामा श्रमिक आपूर्ति केन्द्रको स्थापना, २०३४ सालमा काठमाण्डौमा केश कर्तन तालिम केन्द्रको स्थापनाबाट नै व्यावसायिक तथा सीप बिकास तालिम कार्यक्रमको सुरुवात वा प्रस्थान विन्दु मानिएको छ । श्रम र रोजगारसँग सम्बन्धित भई विभिन्न समयमा विभिन्न नामबाट सुरु भएको तालिम कार्यक्रमहरुलाई एकीकृत गरी बार्षिक कार्यक्रमका रुपमा आर्थिक वर्ष २०६१/०६२ बाट देशभित्र रहेका सबै तालिम केन्द्रहरूको केन्द्रिय निकायको रूपमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र (विभाग स्तरिय कार्यालय) भैसैपाटी रहने व्यवस्था भएको हो । सो केन्द्र अन्तरर्गत १६ वटा तालिम केन्द्रहरू अस्तित्वमा रहेकोमा १३ वटा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरू नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७५ /०६/०५ को निर्णयले सम्वन्धित प्रदेश सरकारमा हस्तान्तरण भै गएको र बाँकी ३ वटा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैसेपाटी, इटहरी र बुटवल संघ अन्तरर्गत रहने गरी व्यवस्था भए बमोजिम तत्कालिन व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरूको नाम परिवर्तन भई व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान रहने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार सहसचिवको नेतृत्वमा यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटी ललितपुर नै संगठानात्मक र संरचनात्मक फेरवदल हुँदै प्रतिष्ठानका रुपमा २०७५ ८०६/१२ मा स्थापाना भएको हो ।


यस प्रतिष्ठानको दिर्घकालिन सोंच, लक्ष्य,रणनीति र उद्देश्य देहाय बमोजिम रहेको छ :

दीर्घकालीन सोच:
“श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, सीपयुक्त र उत्पादनशिल मानव संसाधनको विकास गरी रोजगारीका अवसर सिर्जना, असल श्रम सम्बन्धको विकास, बालश्चमको निवारण तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै सामाजिक न्याय सहितको आर्थिक बिकासमा सघाउ पुर्याउने” । सोचलाई सहयोग पुर्याउन रोजगार तथा स्वरोजगारमूलक सीपविकास तालिम सञ्चालन गर्ने र त्यस्ता कार्यक्रममा गरिबहरुको पहुँच सुनिश्चित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा व्यावसायिक क्षेत्रमा तालिम दिने साथै श्रमशक्ति सहभागिता ४९ प्रतिशत र रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ५० प्रतिशत पुर्याउने । श्रम उत्पादकत्व २७६ हजार पुर्याउने लक्ष्य राखिएको छ।

लक्ष्य:
श्रमयोग्य जनशक्तिको लागिब्यावसायिक तथा सीप विकास तालिम मार्फत रोजगारीको अवसर सृजना गरी नागरिकको आयस्तरमा सुधार गर्ने ।

रणनीति:

  • सीप तथा व्यावसायिक तालिमका अवसरहरुको विकास एवम्‌ विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने श्रम शक्तिको उत्पादन गर्ने ।
  • अभिमुखिकरण तालिम मार्फत वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र प्रतिफलयुक्त बनाउन तथा उनीहरुले पठाउने विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न प्रोत्साहन गर्ने।
     

उद्देश्य:

  • स्वदेशमा नै मर्यादित रोजगारका अवसरहरु सृजनाद्वारा बेरोजगारी न्यूनिकरण गर्न व्यावसायिक तथा सीपयुक्त एवं उद्यमशिलता विकास तालिमहरू सञ्चालन गर्ने गराउने।
  • नेपाल सरकारले विभिन्न देशका सरकारसँग गरेको श्रम सम्झौता बमोजिम वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई अभिमुखिकरण तालिम सञ्चालन गर्ने ।
  • स्थानीय माग आवश्यकता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारी सृजनाको संभावनालाई ध्यानमा राखी आधारभूत सीपमूलक तालिम, सीप अभिवृद्धि, उद्यमशिलता विकास,प्रशिक्षक प्रशिक्षण तथा र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने ।
  • तालिम आवश्यकताको पहिचान र प्रभाव मूल्यांकन गर्ने ।
  • नयाँ संभाव्य विषय (Trade) को पहिचान र छनौट गरी तालिमको पाठ्यक्रमको निर्माण,मौजुदा पाठ्यक्रमको सामयिक संसोधन गर्ने ।
  • सिपबिकास तथा उद्यमशिलता विकास तालिम पाठ्यक्रम स्वीकृत गर्ने ।


प्रतिष्ठानले सञ्चालन गर्ने सीप विकास तालिमहरू :

क आधारभूत सीपमूलक(Basic) तालिमः
यस प्रतिष्ठानले नेपाल सरकारबाट स्वीकृत वार्षिक कार्यक्रम अनुसार निर्धारित योग्यता पुरा गरेका प्रशिक्षार्थीहरूलाई स्वीकृत पाठ्यक्रमका आधारमा विषयगत रूपमा प्रयोगात्मक र सैद्धान्तिक विधिबाट कम्तिमा १६० देखि बढिमा४६० घण्टा अवधि सम्मकाव्यावसायिक तथा सिपविकास तालिम सञ्चालन गर्दै आएको छ ।

ख सीप अभिवृद्धि (Advanced)तालिमः
आधारभूत व्यावसायिक तथा सीपमूलक तालिम प्राप्त गरी सिप अनुरूपको पेशा वा व्यवसाय गरिरहेकोव्यक्तिलाई सोही विषयमा पेशागत दक्षता अभिवृद्धि गर्न निर्धारित पाठ्यक्रममा आधारित भई सीप अभिवृद्धि गर्न सीप अभिबृद्दि तालिम सञ्चालन हुँदैं आएको छ ।

ग उद्यमशिलता विकास(Entrepreneurship  Development) तालिमः
प्रशिक्षार्थीलाई रोजगारी प्रति उत्प्रेरित तथा आकर्षित गर्न, रोजगारी प्राप्त गर्ने विधि, प्रक्रिया र उपायका बारेमा जानकारी दिन, प्रशिक्षार्थीमा रहेको ज्ञान, सिप र अनुभवको व्यावसायिक उपयोगिता अभिबृद्दि गर्न, रोजगारीमा संलग्न रहेकाहरूको व्यवसायिकअभिबृद्दि गर्न वा सफल उद्यमी बन्ने उपायका बारेमा आवश्यक सिप, ज्ञान र व्यबहारमा सकरात्मक परिवर्तन ल्याउँन उद्यमशिलता विकास तालिम(EDP) सञ्चालन हुँदैं आएको छ ।

प्रशिक्षक प्रशिक्षण (ToT)
व्यवसायिक तथा सिपविकास तालिम एवं उद्यमशिलता विकास तालिमको प्रभावकारिता अभिबृद्दि गर्न, तालिम व्यवस्थापन, योजना तर्जुमा, प्रतिवेदन लेखन, तालिम मुल्यांकन लगायतका कार्य गर्न दक्ष प्रशिक्षक एवं व्यवस्थापकको आवश्यकता पर्ने भएकोले श्रम बजारमा दक्ष प्रशिक्षकको सहज आपुर्तिका लागि विभिन्न अवधिका प्रशिक्षक प्रशिक्षण (ToT) कार्यक्रम सञ्चालन गर्ने गरिन्छ ।

पुर्व प्रस्थान अभिमुखिकरण (PDOT):
वैदेशिकरोजगारीका लागि  नेपाल सरकारले अन्य मुलुकसँग गरेको श्रम सम्झौताको आधार र वैदेशिक रोजगार विभागको अनुरोध बमोजिम स्वीकृत भएको पाठ्यक्रम र मापदण्डमा आधारित भई विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारहरूको लागि पुर्व प्रस्थान अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदै आएको छ । प्रतिष्ठानले हाल दक्षिण कोरिया जाने श्रमिकहरूको लागि ६ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

च कार्यस्थलमा आधारित (Apprenticeship) तालिम :
व्यावसायिक तथा सिपविकास तालिमको उद्देश्य तालिम पश्चात प्रशिक्षार्थीलाई रोजगारी सिर्जना गर्नु हो । श्रम बजारको माग अनुरूप तालिम दिइदैं आएता पनि तालिम पश्चात सबै प्रशिक्षार्थीहरू सिप अनुरूपको रोजगारीमा संलग्न भएको पाइदैन ।त्यसैले तालिम पश्चात रोजगारीको सुनिश्चतता गर्न तथा रोजगारदाताको माग र आवश्यकता अनुरूप दक्ष कामदार स्वदेशमै सहजरूपमा प्राप्त गर्न यस प्रतिष्ठान र सम्बन्धित उद्योग प्रतिष्ठानको लागत साझेदारीमा उद्योग प्रतिष्ठानमै सञ्चालन गरिने तालिमलाई कार्यस्थलमा आधारित (Apprenticeship) तालिम भनिन्छ ।नेपाल सरकारबाट स्वीकृत भई आएमा प्रतिष्ठानले यस प्रकारको तालिम समेत सञ्चालन गर्ने गर्दछ ।

प्रतिष्ठानको प्रयोगशालामा सञ्चालन हुने सीपमूलक तालिमहरू

क) केश श्रृङ्गार
ख) सिलाई कटाई
ग) विद्युत जडान
घ) अटोमोवाइल मर्मत
ङ) मोटरसाइकल मर्मत